सोमबार सुन तोलामा १ सय रुपैयाँ मूल्य बढेको छ ।
अघिल्लो एकै दिन ३४ सय रुपैयाँ मूल्य बढेको सुन आज १ सय रुपैयाले बढ्दै प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५० रुपैयाँ रहेको चाँदी आज २२५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुन तोलामा १ सयले बढ्यो












