आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । असोज २३ गते कायम सुनको मूल्य दुई लाख ३९ हजार २०० रुपैयाँलाई रेकर्ड ब्रेक गर्दै आज नयाँ उचाई बनाएको हो । आज चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको हो । यस दिन चाँदीको मूल्य भने तोलामा ९५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
सुनको मूल्य बढ्यो












