आज दिउँसो साढे ४ बजेतिर सर्लाहीमा दुई तल्ले घर भत्किँदा च्यापिएर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका कामद टोलका गौतम माझीका छोरा ६ वर्षीय अरुण माझी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घर भत्किदा बालकको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीमा घर भत्किँदा बालकको मृत्यु












