Advertisement

विभिन्न देशका राजदूतहरू फिर्ता बोलाउने मन्त्रिपरिषद् बैठकको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ।
चीन,जर्मनी,इजरायल,मलेसिया,कतार,संयुक्त अधिराज्यलगायतका नेपाली आवासीय राजदूत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । फिर्ता बोलाइएका राजदूतहरूलाई आगामी कार्तिक २० गतेसम्म स्वदेश फर्कन आग्रह गरिएको छ ।