आज मध्याह्न १२ः१५ बजे राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
बैठक सिंहदरबारस्थित समितिको कार्यालयमा बस्ने तय भएको छ । समितिको १३९औँ बैठकमा‘चलचित्र विधेयक,२०८१’का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विधेयकमाथि सरोकारवालाहरूको राय र सुझाव लिनका लागि समितिले छलफल बोलाएको हो ।
विधायन व्यवस्थापन समितिको बैठक आज १२ः१५ बजे बस्दै












