शनिबार काठमाडौं आएकी भियतनामकी उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति पौडेललाई भेटेकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए । द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको जानकारी गराएका थिए । भियतनामका उपराष्ट्रपति सुआनले नेपालले सन २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन् २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको सन्दर्भमा सन २०३० भन्दा अघि नै दुई देश बिच वृहत सम्बन्धको फ्रेम वर्क बनाउन जरुरी भएको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
भियतनामका उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देश बिच सहकार्य गर्न आवश्यक रहेको बताएकी थिइन ।
राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपतिबीच शिष्टाचार भेट












