रसुवाको भोटेकोशीमा आएको बाढीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
बाढीमा बेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेको हो । यसअघि ४ जनाको शव र ५ जनाको मानव अंग विभिन्न स्थानमा फेला परेका थिए ।नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीको टोलीले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा खोजीकार्य जारी राखेको छ ।बाढिको कारण सडक अवरुद्ध भएकाले सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई थप १ सय ४३ जनालाई सुरक्षित गन्तब्यतर्फ पठाएको छ ।
हालसम्म बाढीको चपेटमा परेका १२ जनाको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।बाढीमा परेर बेपत्ता भएका मध्ये ९ जनाको अवस्था अझै अज्ञात छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ११ पुग्यो












