हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।गण्डकी,लुम्बिनी,कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम अपडेट












