हाल देशभर साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । कोशी,मधेस,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा पूर्णतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भूभागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मौसम अपडेट












