नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
मौसम अपडेट












