Advertisement

मौसम अपडेट

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यसको प्रभाव आज गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक(दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ।