सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग मा अहिले दुईतर्फी यातायात सेवा सञ्चालनमा आएको छ।
राजमार्ग अन्तर्गत इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति करिब ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएनन् प्रहरी र सडक विभागको संयुक्त प्रयासमा पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले सडक विभागको उपकरण प्रयोग गरी पहिरो हटाइएपछि गए रातिदेखि नै सडक दुईतफी रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन ।
मुग्लिन नजिकै अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो












