बिहीबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज जारी रहने भएको छ ।
बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन । उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा असहमति जनाएका थिए । आज पनि नेताहरूले धारणा राख्नेछन ।
माओवादीको केन्द्रीय समिति बैठक आज पनि जारी












