Advertisement

मधेश प्रदेशको बैठक दिउँसो १ बजे बस्दै

आज दिउँसो १ बजे मधेस प्रदेशसभाको बैठक बस्ने भएको छ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै दर्ता भएको प्रस्तावमाथि छलफल गर्न बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा सहभागिताको लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको गुरुपमार्फत जानकारी पठाएको छ ।गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।
उपसभामुख बबिता राउत ईशरको निर्देशनमा प्रदेश सभा बैठक बोलाइएको हो । सात दलीय गठबन्धनका ३२ जना प्रदेश सांसदले हिजो प्रदेशसभा बैठक बोलाउन उपसभामुख ईश्वरलाई ज्ञापनपत्र बुझाएका थिए ।