Advertisement

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

मंगलबार राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन ।
जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरीले जानकारी दिए । टिपरमा चालकसहित तीन जना सवार रहेको र उनीहरुको अवस्था अज्ञात रहेको जनाएको छ ।
रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोलीले बेपत्ताहरुको खोजी कार्य जारी राखेका छन ।