बौद्ध एकल महिला समूहले गाउँ गाउँको विद्यालयमा पुगेर सहयोग गर्न थालेको छ ।
समूहले शिवपुरी गाउँपालिका वडा नं ६ स्थित श्री भुमेदेवी माध्यमिक विद्यालयमा अध्यारत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री,केक,चिसो जुस,चक्लेट वितरण र समुहका अध्यक्ष सतिला शोभा लामाको आफ्नो व्यक्तिगतरुपले नौ वाट कम्प्युटर,कम्प्युटर टेबुल हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् शिवपुरी गाउँपालिका वडा नं. १ का अध्यक्ष शुकुराम लामा दोङको सभापतित्वमा भएको थियोे भने प्रमुख आतिथ्यता समुहकी अध्यक्ष सतिला शोभा लामा रहेको थियो।
साथमा छात्रछात्राहरुले नित्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरिएको थियो । विद्यालयको तर्फबाट समुहका अध्यक्ष सतिला शोभा लामालाई सम्मान पत्रले सम्मान र अन्य महानु भावहरुलाई विशेष धन्यवाद सहित खादा लगाएको थियोे।
बौद्ध एकल महिला समूह गाउँ गाउँमा












