जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर क्षेत्रमा सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ ।
जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । प्रदर्शनकारीहरु निशेधित क्षेत्र तोड्दै संसद भवनभित्रसमेत घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कफ्र्यु आदेश जारी गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।
बानेश्वर क्षेत्रमा कफ्र्यु जारी












