Advertisement

बसको ठक्करबाट दुई जनाको मृत्यु

नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले भोला र राहुल सवार लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए । मृत्यु हुनेमा २१ वर्षीय भोला राजभर र रामग्राम नगरपालिका– १५, डिगौल बस्ने १८ वर्षका राहुल राजभर रहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।