Advertisement

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकाएर आज स्वदेश फर्किंदै छन ।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने उनी स्पेन पुगेका हुन् ।केहीबेरअघि मात्र प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका छन । प्रधानमन्त्री ओली आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्ने सूचना तथा प्रसारण विभागले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।