आज पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सुन तस्करी प्रकरणमा मुद्दा दर्ता भएको छ ।
महराविरुद्ध मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिलक कार्यालयका प्रमुख रामहरि काफ्ले जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनको मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई आइतबार पक्राउ गरेको थियो ।उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।
पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता












