Advertisement

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

गएराति आएको पहिरोले मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन ।
घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीय विष्णुमती बेपत्ता भएका हुन । उनकी बुहारी ३२ वर्षीय पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।
गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।