केहि दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि पुनः बस्ने भएको छ।
बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ । आइतबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समितिको बैठक बसेको थियो। तर बैठकका अन्य एजेन्डा रोकेर समानुपातिक सांसदको सूची टुङ्ग्याउन प्रदेशगत छलफल गरिएको थियो ।
नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि











