आज बिहान ९ बजे नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ ।
बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा देउवाको सचिवालयले जनाएको छ । बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भूमि विधेयक, निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड सम्वन्धी व्यवस्थामा भएको गडबडी लगायत विषयमा छलफल हुनेछ ।
नेपाली कांग्रेसको बैठक ९ बजे बस्दै











