Advertisement

नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा : प्रधानमन्त्री

शनिबार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा भएको बताएका छन ।
राजा त्रिभुवनलाई बडिबिल्डिङ सिकाउने गुरु धर्मभक्त माथेमा भएको प्रधानमन्त्री ओलीको भनाइ छ । त्यसअघि आधिकारिक रुपमा नेपालमा बडिबिल्डरको अर्को व्यक्तिको नाम नरहेको उनले जिकिर गरे । मधेशमा कुस्ती पहिल्यैदेखि खेलिने गरेको भएपनि बडिबिल्डिङ र कुस्ती एउटै नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । त्यस्तै नेपालमा पहिलो मानव अधिकार संस्थाको संस्थापक गंगालाल श्रेष्ठ रहेको पनि बताए ।