बिहीबार राति धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेको प्रहरीले जनाएको छ । धनुषाको कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु












