आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ३ हजार ४ सय ६ जना उम्मेदवार मैदानमा उत्रिएका छन । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन ।३ हजार १७ पुरुष, ३८८ महिला र अन्यमा १ जना चुनावी मैदानमा होमिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ र माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको छ । समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए ।
देशभरबाट ३ हजार ४ सय उम्मेदवार चुनावी मैदानमा












