सोमबार बेलुकी दाङमा मोटरसाइकल दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ।
गढवा गाउँपालिका – ८ घर भई घोराही उपमहानगरपालिका – १७ भैंसाहीमा बस्दै आएका १७ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू सवार रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही – ३ स्थित सिस्ने खोलामा खसेको दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । घोराही–रामपुर सडक खण्ड अन्तर्गत सिस्ने खोलामा मोटरसाइकल सहित खसेका गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र्पुयाइएको थियो।
दाङमा मोटरसाइकल दुर्घटना हुदाँ दुईजनाको मृत्यु












