निर्वाचन आयोगले दल दर्ता गर्ने समय चार दिन थपेको छ ।
यसअघि थपिएको समय अपुग भएपछि पुनः समय थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुधबारसम्म १०६ पार्टीले दल दर्ता गरेका छन । आयोगमा कुल १३७ दल रहेका छन । मंगलबार ८० दलले दल दर्ता गराएका थिए । नयाँ दल दर्ता संख्या १८ पुगेको छ भने २० दल प्रक्रियामा रहेको भट्टराईले बताए ।
दल दर्ता गर्ने समय चार दिन थप












