Advertisement

दक्ष जनशक्तिहरु उत्पादन गर्दै ग्रण्ड एडभान्स हस्पिटल टेनिङ सेन्टर

काठमाण्डौंको चाबहिलमा रहेको ग्रण्ड एडभान्स हस्पिटल टेनिङ सेन्टरले विगत २० वर्षदेखि विभिन्न क्षेत्रमा तालिमहरु दिई सक्षम र दक्ष जनशक्तिहरु उत्पादन गर्दै आईरहेको छ ।


सेन्टरले हाल हस्पिटलिटी सेक्टरलाई आवश्यक पर्ने सीप विकास तथा आर्थिक आय मुलक स्वरोजगारका विभिन्न तालिमहरु सञ्चालन गर्दै आईरहेको सञ्चालक हस्त तामाङले बताए ।

सेन्टरले तालिम अन्र्तगत कुलिनरी आर्ट बेकिस,डिप्लोमा कर्मसियल कुकर चाईनिज, ईन्डियन इटालियन कन्टेनल बेटर बेकरी सेफ,हाउस किपिङ ,बर टेन्डर, सुसी सेफहरुको लागि पनि तालिमहरु भईरहेको जानकारी दिए ।

पछिल्लो समय नेपालमा रोजगारीको अभाव भएपछि विदेशिने क्रम बढ्दो छ ।

यसैलाई मध्य नजर गर्दै विदेशीने युवाहरुलाई सहज होस् भन्ने हेतुले यस्तो खालको तालिमहरु सञ्चालन गर्दै आएको सञ्चालक तामाङले बताए ।

नेपालबाटै सीपहरु सिकेर गएपछि विदेशमा काम गर्न सजिलो हुने बताए । यस्तो कार्यहरु सरकारको तर्फबट जति हुनु पर्ने त्यति नभएकाले गर्दा निजि क्षेत्रबाट यस्तो कार्यहरु गदै आउनु परेको सञ्चालक तामाङको भनाई छ । देशको परिस्थितिलाई हेरी आगामी दिनमा पनि यस्तो तालिमहरुलाई नितन्तरता दिने तामाङ बताए ।