सोमवार राति डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
कैलालीको सुखडबाट देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। जिपमा सवार बडिकेदार–३ बस्ने अन्दाजी ३५ वर्षकी लक्ष्मी कुमारी सलामीको मृत्यु भएको प्रहरीले जनाएको हो। जिपमा चालक सहित जम्मा ९ जना यात्रु रहेकोमा अन्य सबै जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिए । दुर्घटनापछि जिप चालक घोडाघोडी नगरपालिका–८, मैनापोखरी बस्ने २७ वर्षीय सरोज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डोटीमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु












