Advertisement

जसपा नेपालको केन्द्रीय समितिको बैठक आज पनि

आज पनि जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक जारी रहने भएको छ ।
आजको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा,पार्टीको सङ्गठनात्मक कार्ययोजना,पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन ।