आज बिहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चितवनमा दुई जनाको मृत्यु भएको छ ।
गएराति भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको बताए ।
चितवनमा स्कुटर दुर्घटना हुदाँ दुई जनाको मृत्यु












