Advertisement

गुल्मीमा आगलागी हुँदा एक जनाको मृत्यु

शनिबार राति गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ अमराईमा आगलागी हुदाँ एक जनाको मृत्यु भएको छ ।
स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी ३० वर्षीय छेरी जुना वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
घरमा रहेकी मनिदेवी वि.क, उनका नातिहरू १२ वर्षीय श्रीधर वि.क.र ११ वर्षीय अरुण वि.क. भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।