Advertisement

कैलाली कारागारमा कैदीबन्दीबीच झडप

बिहीबार कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन ।
झपडमा कैदीबन्दीहरू धिरज बम, मोहन राना, विशेषनाथ योगी, हिमाल राना र राहुल रानाको टाउकोमा चोट लागेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले बताए ।