आज बिहान साढे ५ बजे कैलालीमा तरकारी बोकेको जिपले पैदलयात्री र साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा लु २ च २३५८ नम्बरको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । जिप चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु












