गत शुक्रबार स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।
बैठकमा कांग्रेसमा देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन भएका प्रयास असफल भएपछि शुक्रबार बैठक स्थगित गरिएको थियो । पार्टीभित्र डा शेखर कोइराला नेतृत्वको इतर समूह आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । समूहका नेता डा कोइरालाले एक वर्ष अगाडिदेखि नै पार्टी महाधिवेशन २०८२ मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन।शेरबहादुर देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिने भएकाले त्यो समयभित्र महाधिवेशन गर्नुपर्ने धारणा डा कोइरालाको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सकेसम्म मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भन्दै आएका छन ।
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै











