Advertisement

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

बिहीबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ ।
आजको बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ।बैठकमा विभिन्न एजेन्डाहरूमा आधारित रहेर केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतमा बिहीबार बसेको बैठकमा खड्का, महामन्त्री गगन थापासहित केही नेताहरूले धारणा राखेका थिए।बैठकमा नेता शेखर कोइराला, मोहन बस्नेत, देवेन्द्रराज कँडेल, शिव हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले धारणा राखेका थिए। बैठकमा अधिकांश नेताहरूले मंसिरभित्रै नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन ।