नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन र बैठकमा महाधिवेशन विवादबारे छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन स्थगित गरेका थिए । अबको विकल्प विशेष महाधिवेशन भएको बताएका छन ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्दै











