नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने छ ।
बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ । गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेका जेनजी’ आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा कांग्रेसको भूमिका विषयमा बैठक केन्द्रित रहेको जनाइएको छ । जारीे बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी











