Advertisement

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी बैठक आज दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए।
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई अनुरोध गरिएको छ । कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक आज पार्टी कार्यालयमा बस्न लागेको हो ।