Advertisement

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।