Advertisement

कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुरमा मंगलबार बिहान करिब पौने ३ बजेतिर हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका(१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । बिष्ट घरभित्र सुतिरहेका बेला हात्तीले कुल्चेर गम्भीर घाइते बनाएको थियो ।उनलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुगाइएको थियो तर बिष्टको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको थियो ।