Advertisement

एमालेको सचिवालय बैठक आज १ बजे बस्दै

एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । बैठकमा मङ्सिर ६ गते काठमाडौँमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बताएका छन ।
नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दै छ ।