नेकपा एमालेको ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशन आज सकिँदै छ ।
विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका छ । अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रस्ताव पेस गरेका थिए । जसमाथि १० समूह गठन गरेर छलफल भएको थियो । आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची पनि रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
अधिवेशनले राजनीतिकसँगै समसामयिक प्रस्ताव पारित गर्नेछ ।
एमालेको विधान महाधिवेशन आज सकिँदै












