हिजो बिहानदेखि सुरु भएको नेकपा एमालेको मतदान २२ घण्टापछि आज बिहान ७ बजे सकिएकोे छ ।
निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित भए । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।
एमालेको मतदान सकियो












