Advertisement

एमालेको नयाँ नेतृत्व चुन्न आज मतदान

एमालेको काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेसनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
आज मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन । महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन । मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ ।केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन ।
मतदानपछि भृकुटीमण्डपमै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।