एमालेको हिजोदेखि ललितपुरमा सुरु भएको १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ ।
बैठक आज बिहान ८ बजेदेखि पुनः सुरु हुनेछ । पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेको राजनीतिक परिस्थिति र हाम्रो नीतिसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राखिरहेको बताए ।केन्द्रीय सदस्यहरूले अन्तरिम सरकार,प्रतिनिधिसभा विघटनका सम्बन्धमा महत्त्वपूर्ण सुझाव दिइरहेको गौतमले बताए । राजनीतिक प्रतिवेदनमाथिको सुझाव दिनका लागि केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकिएको छ । प्रचार विभाग प्रमुख गौतमले तीन मिनेटभित्र राख्न नसकेको कुरा लिखित रूपमा प्रस्तुत गर्न अनुरोध गरिएको बताए ।बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक आज पनि












