Advertisement

आज ११ बजे जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

आज बिहान ११ जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
बैठक ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बस्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठक वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन,पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेन्डामा केन्द्रित हुने बताए । बैठक बिहीबारसम्म चल्ने पार्टीले जानकारी दिएको छ ।