आज अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अपराह्न ४ बजे राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएकी छन ।
कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन । छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ । निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार,राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको बताए ।
आज सरकारले राजनीतिक दल र जेनजीहरूसँग छलफल गर्दै












