Advertisement

आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै सरकार

आज सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्दैछ ।
हिजो समितिले कांग्रेस,एमाले र नेकपाको केन्द्रीय कार्यालय अनुगमन गरेको थियो ।समितिले आज बिहान ११ बजे जनमत पार्टीको कार्यालय,दिउँसो १ बजे राप्रपाको कार्यालय र दिउँसो ३ बजे रास्वपाको कार्यालय अनुगमन गर्ने कार्यक्रम छ । त्यसक्रममा पार्टीका नेताहरुसँग छलफल पनि हुनेछ ।